नियम ७७
संस्था सञ्चालन सम्बन्धी विशेष व्यवस्था
: (१) ऐनको दफा १३५ मा उल्लिखित संस्थाहरूको सञ्चालनका लागि देहाय बमोजिमको सञ्चालक समिति रहनेछ :-

(क) साधारण सभाबाट निर्वाचित व्यक्ति - अध्यक्ष (ख) सहसचिव, मन्त्रालय - सदस्य (ग) सहसचिव, अर्थ मन्त्रालय - सदस्य (घ) सम्बन्धित बिषयगत मन्त्रालयको सहसचिव - सदस्य (ङ) नेपाल सरकारले तोकेको एक व्यक्ति - सदस्य (च) विनियममा व्यवस्था भए बमोजिम राष्ट्रिय सहकारी विकास, बोर्डको प्रतिनिधि बा संस्थाको शोयर खरिद गरेका स्थानीय तहहरूमध्येबाट एक जना प्रमुख प्रशासकीय: अधिकृत वा निजले तोकेको कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत प्रतिनिधि - सदस्य (छ) साधारण सभाबाट निर्वाचित कम्तीमा एक जना महिलासहित तीन जना -सदस्य (२) संस्थाको प्रमुख कार्यकारी अधिकृतले उपनियम (१) बमोजिमको सञ्चालक समितिको सचिवको कार्य गर्नेछ । (३) उपनियम (१) मा उल्लिखित संस्थाहरूको सञ्चालन सहकारी सिद्धान्त, मूल्य, मान्यता अनुरूप प्रभावकारी रूपमा गर्ने व्यवस्था मिलाउन मन्त्रालयले आवश्यक अध्ययन गरी पुनर्संरचना योजना स्वीकृत गर्न सक्नेछ ।

(४) यो नियम प्रारम्भ हुँदाका बखत ऐनको दफा ३९ को उपदफा (२) बमोजिम वार्षिक साधारण सभा गरी समिति वा ऐनको दफा ४८ को उपदफा (१) बमोजिम लेखा सुपरीवेक्षण समितिको गठन नगरेका ऐनको दफा १३५ मा उल्लिखित संस्थाहरूले यो नियमावली प्रारम्भ भएको मितिले तीन महिनाभित्र वार्षिक साधारण सभा गरी समिति बा लेखा सुपरीवेक्षण समितिको निर्वाचन सम्पन्न गरिसक्नु पर्नेछ ।

(५) सरकारी निकायलाई आवश्यक पर्ने मालसामान खरिद गर्दा वा सेवा लिनुपर्दा त्यस्तो मालसामान वा सेवा ऐनको दफा १३५ बमोजिमका संस्थाहरुले उत्पादन गरेका रहेछन्‌ भने त्यस्ता संस्थाबाट उत्पादित सामान बा सेवालाई प्राथमिकता दिनु पर्नेछ।

(६) उपनियम (१) मा उल्लिखित संस्थाहरूको सञ्चालन सम्बन्धी अन्य व्यवस्था विनियममा उल्लेख भए बमोजिम हुनेछ ।